प्रदेश सभा बैठक स्थगित

विराटनगर– प्रदेश १ को प्रदेश सभा बैठक अर्को सूचना नभए सम्मका लागि स्थगित गरिएको छ ।

चैत्र २ गते दिउँसो साढे १२ बजे प्रदेश सभाको बैठक बोलाइएको थियो । आइतबार प्रदेश सभा सचिवालयले एक सूचना प्रकाशित गरी विशेष कारणले प्रदेश सभा बैठक स्थगित गरिएको जनाएको छ । यसअघि फागुन २० गते बस्ने बैठक सूचना प्रकाशित गरी चैत्र २ गतेका लागि सारिएको थियो । माघ ७ गते देखि सुरु भएको प्रदेश सभाको सातौं तथा हिउँदे अधिवेशन पटक पटक स्थगित भएपछि प्रदेश सभाको फागुन ९ गतेको बैठकमा मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव टेबुल गरिएको थियो ।

नेकपालाई नेकपा एमाले र माओवादी केन्द्रमा फर्काउने सर्वोच्चको फैसला पछि प्रदेश नं. १ मुख्यमन्त्री शेरधन राई विरुद्ध दर्ता गरिएको अविश्वास प्रस्ताव समेत अन्यौलमा परेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.