पार्टीमाथिको चुनौती सामना गर्न महासचिव पोखरेलको आग्रह

नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले कम्युनिष्ट आन्दोलनमाथिका चुनौतीहरूलाई परास्त गर्दै उत्साहका साथ अघि बढ्न प्रवासमा सम्बद्ध कार्यकर्तालाई आह्वान गर्नुभएको छ ।

उपप्रधानमन्त्री पोखरेलले कम्युनिष्ट आन्दोलनभित्र अनेकन घात/प्रतिघात, टुटफुटको शृङ्खला व्यहोर्दै आएका र ती सबैबाट शिक्षा लिएको पनि बताउनुभयो ।

उहाँले भेलामा पार्टीका पछिल्ला निर्णयबारे अवगतसमेत गराउँदै विगतको कतिपय सन्दर्भलाई बिर्सेर ठूलो छाती बनाएर सङ्गठित र एकताबद्ध गर्ने अभियानमा लाग्न प्रवास सम्बद्ध सबैलाई आह्वान गर्नुभयो ।

भेलामा विभिन्न देशका २६६ जना प्रवासी नेपाली मञ्चका अगुवा नेता कार्यकर्ताहरूको सहभागिता रहेको थियो । प्रवासी नेपाली मञ्च अमेरिकाका अध्यक्ष प्रभु थापाको अध्यक्षता सम्पन्न भएको भेलामा प्रवासी नेपाली मञ्च हङकङका अध्यक्ष भक्त गुरुङले स्वागत र बेलायतका अध्यक्ष भक्त गुरुङले सञ्चालन गर्नुभएको थियो ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.