कोरोना विरुद्धको खोपको आन्तरिक माग धान्न भारतले गर्‍यो अन्य मुलुकमा खोप निर्यात् बन्द

भारतले विभिन्न मुलुकमा निर्यात् गरिरहेको कोरोना विरुद्धको अक्सफोर्ड एस्ट्राजिनिका खोप हाललाई अस्थायी रुपमा निर्यात बन्द गर्ने निर्णय गरेको छ ।

भारतमा कोरोना संक्रमणको दोस्रो लहर शुरु भएसँगै व्यापक रुपमा संक्रमण बढ्न थालेपछि खोपको आन्तरिक माग पूरा गर्न निर्यात् बन्द गरिएको भारतीय विदेश मन्त्रालयले जनाएको छ । भारतमा पछिल्लो २४ घन्टामा मात्रै ५३ हजारभन्दा बढी कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् ।

भारतमा व्यापक रुपमा खोप अभियान संचालन गर्न नसक्दा संक्रमणको दोस्रो लहर शुरु भएको निष्कर्ष विज्ञहरुको छ । त्यसैले आगामी अप्रिल महिनाको अन्त्यसम्म अन्य वैदेशिक मुलुकलाई खोप निर्यात् बन्द गर्ने निर्णय गरिएको हो । भारतको निर्णयसँगै कोभ्याक्स योजना अन्तर्गत् १ सय ९० देश प्रभावित हुनेछन् ।

कोभ्याक्स योजना अघि सारेको विश्व स्वास्थ्य संगठनले सबै मुलुकमा निश्पक्ष रुपमा खोपको समान वितरण हुनुपर्ने जनाएको छ ।

भारतको सबैभन्दा ठूलो खोप उत्पादक कम्पनी सेरम इन्सटिच्युट अफ इन्डियाले बेलायत र ब्राजिल सहित थुप्रै मुलुकमा खोप पठाउन ढिलाई गरेको छ । भारतले हालसम्म विश्वका ७६ देशमा ६ करोड डोज खोप निर्यात् गरिसकेको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.