सिरहा मालपोतमा विष्फोट गराएको आरोपमा दुई पक्राउ

सिरहा– सिरहाको लहानस्थित मालपोत कार्यालयमा बम विष्फोट गराएको आरोपमा आज सिरहा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिरहाको सुखिपुर नगरपालिका–५ निवासी २५ वर्षीय रामरिझन यादव र लक्ष्मीपुर निवासी २६ वर्षीय अभिमन्यू गिरी रहेको प्रहरीले जनाएको छ । गत चैत १ गते मालपोत कार्यालयको पहिलो तल्लामा भएको बम विष्फोटमा एक कर्मचारीसहित आठ घाइते भएका थिए ।

प्रेसर कुकर बम विष्फोट हुँदा कार्यालयमा क्षति पुगेको थियो । बम विस्फोटको जिम्मा घटनाकै दिन तराई जनतान्त्रिक मुक्तिमोर्चा गोइत समूहले लिएको थियो । यसअघि सोही बम विस्फोटमा संलग्न रहेको आरोपमा सशस्त्र प्रहरीले लहान नगरपालिका–१८ भदैया निवासी २८ वर्षीय बलराम मण्डललाई पक्राउ गरेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.