युक्रेनमा सरकारी सेवामा कार्यरत महिलाहरुको अवकास उमेर वृद्धि

युक्रेनमा सरकारी सेवामा कार्यरत महिलाहरुको अवकास उमेर वृद्धि गरिएको छ । यस अघि सरकारी सेवाबाट ५५ वर्षमा अनिवार्य अवकाश पाउने युक्रेनका महिलाले अव भने ६० वर्षसम्म काम गर्न पाउने भएका छन् ।

नयाँ व्यवस्था यही अप्रिल १ देखि लागू भइसकेको अधिकारीहरुले जनाएका छन् । युक्रेनमा यसअघि महिलालाई मात्रै ५५ वर्षपछि अवकास दिने व्यवस्था रहेको थियो । अब भने युक्रेनमा महिलाको अवकाश उमेर पनि पुरुष सरह बनाइएको हो ।

महिलाको पनि अवकास उमेर ६० वर्ष बनाउने प्रस्ताव सहितको विधेयकलाई युक्रेनको संसद्ले सन् २०११ मा नै पारित गरेको थियो । तर कानुन बनेर कार्यान्वयनमा आउन भने ११ वर्ष लागेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.