जोर्डनका राजकुमार हमजाद्वारा दरबारको भनाइविरूद्ध प्रतिवाद

जोर्डनका राजकुमार हमजाले आफ्ने सौतेनी भाइ राजा अब्दुल्ला द्वितीयको बिरूद्ध षडयन्त्र रचेको आरोपबारे कडा प्रतिवाद गर्नुभएको छ । उहाँले आफ्नो आन्दोलनलाई प्रतिबन्धित आदेशको पालना नगर्ने कुरामा जोड दिनुभएको छ ।

जोर्डन सरकारले हमजालाई ‘राज्यको सुरक्षालाई अस्थिर तुल्याउने’ देशद्रोहको षडयन्त्रमा संलग्न भएको आरोप लगाएको छ । हमजालाई नजरबन्दमा राखिएको छ भने उहाँको निकट मानिने कम्तिमा १६ जनालाई हिरासतमा लिएको छ ।

एकचालीस वर्षीय राजकुमार हमजाले आफूलाई अम्मान दरबार भित्र रहन आदेश गरिएको बताउनुभएको छ । उहाँले आदेशलाई अप्रजातान्त्रिक भन्दै यसले आफ्नो आन्दोलनको स्वतन्त्रता सीमित गर्ने प्रयास बताउनुभएको छ । यसलाई अवज्ञा गर्ने प्रतिवद्धता उहाँले जनाउनुभयो ।

उहाँले भन्नुभयो, “म तत्काल कुनै चाल चाल्न वा द्वन्द्वलाई वढावा गर्न चाहन्न तर पक्कै पनि मैले आज्ञापालन गर्ने छैन ।”

“उनीहरूले मलाई तपाईं बाहिर जान सक्नुहुन्न, ट्वीट गर्न सक्नुहुन्न, अन्य मानिससँग कुराकानी गर्न सक्नुहुन्न र केवल तपाईको परिवारसँग मात्र रहनसक्नुहुन्छ भनिएको छ,” हमाजले आइतवार गरेको ट्वीटरमा पोस्ट गरिएको अडियो रेकर्डिंगमा भन्नुभयो ।

राजपरिवार पूर्व राजकुमार हमजाको राजकुमारको उपाधि सन् २००० मा राजा अब्दुल्लाल खोस्नुभएको थियो ।

हमजाले राजपरिवारमा भ्रष्टाचार, कृपावाद, परिवारवाद र तानाशाही शासनले प्रश्रय पाएको आरोप लगाउँदै आउनुभएको छ ।
–––

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.