प्राथमिकताभन्दा पहिले खोप लिने नगर प्रमुख निलम्बित

प्राथमिकता समूहमा नभएको भए पनि जनवरीमा कोरोनाभाइरस खोप लगाएको पुष्टि भएपछि जर्मनीका एक मेयरलाई उहाँको आफ्नै नगर काउन्सिलले निलम्बन गगरेको छ ।

जर्मनीको मध्य शहर हेलेको मेयर बनार्ड वाइगान्डलाई अस्थायी रूपमा निलम्बन गर्न नगरका ३४ परिषद् सदस्यहरूले मतदान गरेपछि उहाँ जिम्मेवारीबाट अनिस्चित कालका लागि निलम्बित हुनुभएको हो ।

६४ वर्षीय वार्यगान्डले यसअघि नै जनवरीमा आफूले खोप लिएको स्वीकार्नुभएको थियो । उक्त समयमा समुदायका जेष्ठ सदस्यहरूलाई खोप दिने क्रममा उहाँले पनि खोप लगाउनुभएको थियो ।

अन्य सहरका कर्मचारी र धेरै परिषद् सदस्यहरूले पनि उनीहरूको पालो आउनुभन्दा पहिले खोप लिएका थिए । उनीहरूलाई पनि कारबाही गरिने स्थानीय प्रशासनले जनाएको छ ।

निलम्बनमा परेका नगर प्रमुखले आफूले अवैध वा अनैतिक काम नगरेका तर खोपको अत्यधिक मात्रा खेर जानबाट जोगाउन आफू लगायत केही व्यक्तिले खोप लगाएको बताउनुभयो ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.