८ महिनामा भित्रियो साढे ६ खर्ब विप्रेषण

वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या ७४.८ प्रतिशतले घटेको छ

काठमाडौं- चालु आर्थिक वर्षको आठ महिनाको अवधिमा ६ खर्ब ४२ अर्ब १४ करोड रुपैयाँ बराबरको विप्रेषण मुलुक भित्रिएको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको गत फागुन मसान्तसम्मको आर्थिक विवरणमा विप्रेषण आप्रवाह ८.६ प्रतिशतले वृद्धि भएको जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १.५ प्रतिशतले बढेको थियो ।

अमेरिकी डलरमा विप्रेषण आप्रवाह ५.० प्रतिशतले वृद्धि भई पाँच अर्ब ४५ करोड पुगेको छ ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या ७४.८ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या २४.२ प्रतिशतले बढेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.