भारतमा रुसी खोप ‘स्पुतनिक भी’लाई आपतकालीन प्रयोगका लागि अनुमति

नयाँ दिल्ली– भारतले कोभिड–१९ विरुद्धको रुसी खोप स्पुतनिक भी लाई आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ ।

कोभिड सङ्क्रमितको संख्या तीब्र गतिमा बढेसँगै भारतले खोप अभियानलाई गति दिन रुसी खोपलाई अनुमति दिएको खोप उत्पादक कम्पनीले जनाएको छ । भारतमा रुसी खोप उत्पादन र वितरणको जिम्मेवारी लिएको डा रेड्डीज ल्याबोरेटोरिजले जारी गरेको विज्ञप्तिमा भारतमा स्पुतनिक भी खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति प्राप्त गरेको जनायएको हो ।

भारतमा हाल सेरम इन्स्टिच्यूटले उत्पादन गरेको अस्ट्राजेनिकाको कोभिसिल्ड र भारत बायोटेकको कोरोनाभ्याकलाई अनुमति दिइएको छ । भारतमा हाल दैनिक कोभिड सङ्क्रमितको संख्या एक लाखभन्दा बढी छ । रसियन डाइरेक्ट इन्भस्टमेन्ट फन्ड (आरडिआइएफ) को आर्थिक सहयोगमा विकास गरिएको स्पुतनिक भी लाई भारतमा उत्पादन अनुमति दिइएको छ । भारतमा यो खोप ८५ करोड २० लाख डोज उत्पादन हुनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.