पाकिस्तानको एक सुविधा सम्पन्न होटेलमा बम विष्फोट, ४ जनाको मृत्यु

पाकिस्तानको क्‍वेटा शहरमा रहेको एउटा सुविधा सम्पन्न होटेलमा गराइएको बम विष्फोटमा परी ४ जनाको मृत्यु भएको छ ।

घटनामा अन्य ११ जना घाइते भएका छन् । विष्फोट पाकिस्तानका लागि चीनिया राजदूतलाई लक्षित गरी गराइएको सम्वाददाताहरुले जनाएका छन् ।

अफगानिस्तानको सीमानामा रहेको बलुचिस्तान प्रान्तको राजधानी क्वेतामा चीनिया राजदूत रहकै बेला विष्फोट भएको हो । घटनाको जिम्मेवारी पाकिस्तानको तालिवान समूहले लिए पनि विष्फोट गराउनुको कारणका विषयमा जानकारी दिएको छैन ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.