मृत भेटिएका बालकको शवको पहिचान

दाङ– तुलसीपुरमा पार्किङ गरी राखिएको जीपमा तीन जना बालक मृत अबस्थामा फेला परेका छन् । भारतीय नं.प्लेट रहेको आरजेओ १ सीसी ०८८५ नम्बरको निशान जीप भित्र शव फेला परेको प्रहरीले जनाएको छ ।

तुलसीपुर उपमहानगरपालिका –६ बरुवागाँउमा पार्किङ गरि राखिएको उक्त जीपमा सोही ठाउँका ९ वर्षीय सन्देश परियार, ७ वर्षीय सुर्वण परियार र कर्ण परियार रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख गणेश चन्दले जानकारी दिनुभयो ।

मृतक तीन जनाको शव पोष्टमास्र्टमका लागि तुलसीपुरस्थित राप्ती प्रादेशीक अस्पतालमा राखिएको छ । लक गरिएको जीपमा शव भेटिएदा घटना शंकास्पद भएको भन्दै प्रहरीले नेपालगन्जबाट तालिम प्राप्त बिशेष कुकुर सहित प्रहरी ल्याएर घटनाको थप अनुसन्धान भइरहकोको प्रहरी प्रमुख चन्दको भनाइ छ ।

गत वैशाख १६ गते घरबाट बेपत्ता भएका तीन बालक गएराति कारभित्र मृतअवस्थामा स्थानीयले फेला पारेका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.