समर्थकहरुको प्रदर्शनका कारण म्यानचेष्टर युनाइटेड र लिभरपुलको खेल स्थगित

इङ्लिस प्रिमियर लिगको म्यानचेष्टर युनाइटेडका समर्थकहरुले गएराती लिभरपुल विरुद्ध खेल सुरु हुनु अगावै मैदानभित्र पसेर आफ्नो क्लबका मालिक ग्लेजर परिवारविरुद्ध नाराबाजी गरेका छन् ।

ओल्ड ट्राफोड मैदानमा युनाइटेडका करिब २ सय जति समर्थकहरु मैदानमा आएर विरोध गर्न थालेपछि खेल समयका लागि धकेलिएको थियो ।

खेलाडीहरुको लाइनअप बुझाइएको तर खेलाडीहरु मैदानमा उत्रिनसकेकोले केहीबेर पछि खेल हुने भनिएको थियो ।

समर्थकहरुले खेलाडी बसेको होटल अगाडी पनि प्रदर्शन गर्न थालेपछि खेल स्थगित भएको हो । युनाइटेडका समर्थकहरुले आफ्नो क्लबले सुपरलिगमा सहभागिता जनाएर धन मात्र आर्जन गर्न लागेको भन्दै आफ्नो मालिक विरुद्ध प्रदर्शन गरेका हुन् ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.