इटालियन सिरि-ए च्याम्पियनको उपाधी इन्टरलाई

इन्टरमिलान एघार वर्षपछि इटालियन सिरि-ए च्याम्पियन बनेको छ । हिजो साँझ एट्लान्टाले सासुओलासँग १-१ गोलको बराबरी खेलेपछि इन्टरको उपाधी पक्का भएको हो ।

३४ खेलमा ८२ अंकसहित शीर्ष स्थानमा रहेको इन्टरलाई एक जीतको आवश्यकता थियो । दोस्रो स्थानमा रहेको एट्लान्टाले हिजोको बराबरीपश्चात ३४ खेलमा ६९ अंक बनाउँदा इन्टरले चार खेल अगावै उपाधी जीतेको हो ।

मुख्य प्रशिक्षक एन्टनियो कोन्टेको निगरानीमा इन्टरले गतवर्ष उपविजेतामा चित्त बुझाउनु परेको थियो । तर यो वर्ष इन्टरले छुट्टै इतिहास रचेको छ ।

साविक विजेता युभेन्टसको लगातार नौ वर्षको उपाधी यात्रामा इन्टरले पूर्णविराम लगाएको छ । सन् २०१० मा अन्तिमपटक सिरि-एको उपाधी जीतेको इन्टरले एघार वर्षयता कुनै उपाधी जीतेको थिएन ।

यो इन्टर मिलानको १९औं सिरि-ए उपाधी हो । आफ्नो मुख्य प्रतिद्वन्द्वी एसी मिलानको १८ सिरिएको किर्तीमान उछिन्दै इन्टर इटालीमा युभेन्टसपछि सर्वाधिक लिग विजेता बन्न पुगेको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.