नेता भट्टराईका समन्वयमा स्वास्थ्य सामग्री

फुङ्लिङ- नेकपा (एमाले) नेता तथा प्रतिनिधिसभा सदस्य योगेशकुमार भट्टराईका समन्वयमा ताप्लेजुङमा स्वास्थ्य सामग्री उपलब्ध हुने भएको छ । कोभिडको संक्रमण बढ्दै गएपछि नियन्त्रण लागि आवश्यक सामाग्री काठमाडौंका आज ताप्लेजुङ पठाइएको जनाइएको छ ।

उहाँका स्वकीय सचिव प्रेम गुरागाईँले सात थान अक्सिजनसहित अक्सिज, एन ९५ मास्क १०० थान, गाउन १०० थान, पन्जा १०० जोर, मास्क २००० थान, सेफ्टी चस्मा ५० थान र सेनिटाइजर २० लिटर काठमाडौँबाट ताप्लेजुङ पठाइएको बताउनुभयो ।

ताप्लेजुङ जिल्ला अस्पतालका प्रमुख डा सोनिङ लामाले जिल्ला अस्पतालमा आवश्यक सामग्री माग गरेपछि पठाइएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.