नर्सको कविता : ‘आफैंलाई च्याखे थापेर खेल्दै छु म’

एम्बुलेन्सको साइरन बज्दैछन्
विरामीहरु एक मुठी स्वासको लागि
एउटा अस्पतालबाट अर्को अस्पताल चाहार्दा-चाहार्दै
कति बीच बाटोमा ज्यान गुमाउँदै छन्
यो अस्पतालमा आइपुगेका
थुप्रै संक्रमित बिरामीहरुको भीडमा
मन मनै डराउँदैछु म ।

पी.पी .ई ले शिरदेखि पाउ सम्म ढाकेर
मास्क र भाइज़रले आफैलाई छोपेर
दिन-रात नभनी
भोक -प्यास नभनी
आफ्नो पेसाको धर्म
निभाउँदै छु म।

आफन्तहरु नजिक पर्न डराउन थालेका छन् ।
साथीभाइले हाल खबर सोध्न पनि छाडेका छन् ।
आफू जस्तै जीवन छटपटाइरहेको हेर्न सक्दिन म
उनीहरु जिउँदै मरेको हेर्न सक्दिन म।

कोरोना माहामारी अझै फैलिदै छ
भाइरसले स्वरूप फेरि बदलिदै छ
आफूजस्तै हजारौं जीवन बचाउन
आफ्नै ज्यानको बाजी लगाएर
आफैंलाई च्याखे थापेर खेल्दै छु म।

– राष्ट्रिय ट्रमा सेन्टर

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.