रोजगारीका लागि भारत जानेहरु बढे

स्वदेश फर्किने भन्दा भारत जानेहरुको संख्या दोब्बर

कैलाली– घरमा बसेर परिवार पाल्न समस्या भएपछि कोरोना डरले नेपाल फर्किएका अधिकांश नेपाली फेरी रोजगारीका लागि भारत जान थालेका छन् । भारत सरकारले गरेको लकडाउन खुकुलो भएसँगै काम पाइने आशामा भारत जान थालेको उहाहरुले बताउनुभएको छ ।

कैलालीको त्रिनगर नाकामा अहिले रोजगारीका लागि भारत जानेहरुको भिड लाग्न थालेको छ । यस अघि भारतमा दोस्रो चरणको कोरोनाले महामारीको रुप लिन थालेपछि ज्यान जोगाउन स्वदेश फर्किएका धेरै नेपालीले परिवारको ज्यान जोगाउन रोजगारी गर्न भारत जान थालेको बताएका छन । अहिले नेपाल फर्किनेको संख्या भन्दा दैनिक भारत जानेहरुको संख्या दोब्बर हुन थालेको कैलाली त्रिनगर नाका हेल्थ डेस्क इन्चार्ज दिनेश ठकुल्लाले बताउनुभएको छ ।

दैनिक ८ सय देखि हजार नेपाली रोजगारीका लागि भन्दै भारत जाने गरेको उहाँले बताउनुभएको छ । कोरोना डरले घरमा बस्दा भएको पैसा सबै सकिएपछि परिवारलाई २ छाक जोहो गर्न कोरोना डरबीच भारत जानु पर्ने बाध्यता रहेको भारत जाँदै गरेका नेपालीहरुले बताउँनुभएको छ ।

स्वास्थ्य सहायता कक्ष त्रिनगर नाकाका अनुसार आइतबार मात्रै ४ सय नेपाली स्वदेश फकिएकोमा ८ सय बढि नेपाली भारत गएका छन् । साता दिनको तथ्यांक हेर्दा ४ हजार जति नेपाली रोजगारीका लागि भारत गएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.