आगामी नोभेम्बरसम्म ८० करोड नागरिकलाई सित्तैमा खानेकुरा दिने प्रधानमन्त्री मोदीको घोषणा

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आउने नोभेम्बरसम्म ८० करोड नागरिकलाई सित्तैमा खानेकुरा दिने घोषणा गर्नु भएको छ।

मोदीले देशवासीका नाममा सम्बोधन गर्दै कोरोनालाई पछिल्लो शताब्दीको सबैभन्दा ठूलो महामारी भएको बताउनु भएको छ । महामारीको यस असहज अवस्थामा सरकार गरिब जनताको साथमा रहेको प्रधानमन्त्री मोदीले बताउनुभयो ।

घोषित कार्यक्रम अनुसार ८० करोड मानिसलाई हरेक महिना तोकिएको मात्रामा खानेकुरा नोभेम्बरसम्म सित्तैमा उपलब्ध गराइनेछ ।

आगामी जुन २१ देखि १८ वर्षमाथिका सबै भारतीयलाई केन्द्र सरकारले नै नि:शुल्क कोरोना भाइरस विरूद्धको खोप पनि उपलब्ध गराउने घोषणा भारतीय सरकारले गरेको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.