अफ्रिकामा मास्टर कार्ड फाउन्डेसनको एक अर्ब ३० करोड डलर सहयोग

मास्टर कार्ड फाउन्डेसनले अफ्रिकामा कोभिड–१९ को खोप व्यवस्था गर्न एक अर्ब ३० करोड डलर सहयोग उपलब्ध गराउने घोषणा गरेको छ । फाउन्डेसनले सो रकम तीन वर्षभित्र खर्च गरिसक्ने जानकारी दिएको छ ।

मास्टर कार्ड फाउन्डेसनबाट पहिलो पटक व्यवस्था गरिएको यस अभियानबाट खोपको व्यवस्था गर्न कठिनाई भोगिरहेका अफ्रिकी मुलुकहरुलाई ठूलो राहत पुग्नेछ । समयमै खोप लगाउन नसके अफ्रिकामा कोभिड–१९ को तेस्रो लहर आउने अनुमान गरिएको छ । फाउन्डेसनले मूल्य छुट गराएर जोन्सन एन्ड जोन्सनबाट खोप खरिद गर्ने योजना बनाएको छ । यो खोप खरिद गर्न जोन्सन कम्पनीसँग अफ्रिकी युनियनले मध्यस्थता गरिरहेको छ ।

जोन्सनले २२ करोड डोज खोप अफ्रिकी युनियनलाई उपलब्ध गराउने सम्झौता गरेको छ । युनियनकी एक प्रवक्ताले आगामी अगस्ट महिनाभित्रै जोन्सनको खोप उपलब्ध हुने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.