आजदेखि नयाँ शैक्षिक सत्र शुरु, भर्चुअल माध्यमबाट अध्ययन अध्यापनमा कठिनाइ

काठमाडौँ- विद्यालय तहको नयाँ शैक्षिक सत्र आजदेखि देशभर प्रारम्भ भएको छ ।

नयाँ शैक्षिक सत्र शुरु भएसँगै कोरोना सङ्क्रमणको कारण भौतिक उपस्थितिमा पठनपाठन हुन नसके पनि वैकल्पिक सिकाइ प्रणालीबाट बालबालिकाको पढाइलाई निरन्तरता दिइनेछ ।

अनलाइन, टेलिफोन या अन्य कुनै माध्यमबाट विद्यार्थीको कक्षामा अभिलेखीकरण कार्य विद्यालयले गर्ने शिक्षा तथा मानव विकास स्रोत केन्द्रले जनाएको छ ।

असार १५ सम्म विद्यार्थीको अभिलेखीकरण कार्य पूरा गरेर विद्यार्थीलाई नयाँ पाठ्यपुस्तक उपलब्ध गराउनुपर्ने जिम्मेवारी विद्यालयले पूरा गर्नुपर्नेछ ।

सरकारले जेठभित्र सबै कार्य पूरा गरी असार १ बाट नयाँ शैक्षिक सत्र प्रारम्भ गर्ने यस अघि नै निर्णय गरेको थियो ।

भौतिक उपस्थिति विना अध्ययन अध्यापन त्यति प्रभावकारी नभएको शिक्षाविदहरुको भनाइ छ । त्यसो त ग्रामीण भेगका कतिपय विद्यार्थी अझैपनि इन्टरनेटको पहूँचभन्दा बाहिर छन । उनीहरुको करिव डेढ बर्षको पढाइ छुटेको भएपनि वैकल्पिक उपायहरुको खोजि भएको छैन ।

शहरका विद्यार्थीहरको पढाइ भएपनि प्रभावकारी नभएको गुनासो स्वयं अभिभावकहरुले नै गर्दै आएका छन ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.