सिन्धुपाल्चोकको मेलम्ची लगायतका क्षेत्रमा भीषण बाढी, ८ जना भन्दा बढी बेपत्ता, उद्धारमा कठिनाइ

 सिन्धुपाल्चोक-  देशमा भित्रिएको मनसुनी प्रभावले परेको अविरल बर्षापछि आएको बाढी पहिरोले देशका विभिन्न ठाउँको जनजीवन प्रभावित भएको छ ।

सिन्धुपाल्चोक जिल्लामा बाढी र पहिरोले ठूलो जनधनको क्षति भएको छ ।

सिन्धुपाल्चोकका इन्द्रावती, सुनकोशी र ब्रम्हायणी लगाएतका नदीहरुमाआएको बाढी र आसपासको पहिरोले ठूलो क्षति गराएको स्थानीयले जानकारी दिएका छन् ।

हेलम्बु गाउँपालिकाको तिम्बु बजार स्थित बसपार्क सहितआसपासका बस्ती, मेलम्चि खानेपानीमुहान क्षेत्र र त्यस भन्दा तलतिरका तटिय क्षेत्रहरुमा बाढिले ठूलो क्षति गराएको छ।

कतिपय मानिसहरु सम्पर्क बिहिन रहेको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले जानकारी दिनु भएको छ ।

बाढीमा परी अहिले सम्म ८ जना बेपत्ता भएको स्थानीयहरुको भनाइ छ । हेलम्बुबाट सुरु भएको पहिरो र बाढिले नदि तटिय क्षेत्रका माछा सहितका कृषिफार्महरु बगाएको र बिभिन्न बस्तीका मानिसहरु भागदौड र बाढिको असरका कारण सम्पर्कमा आउन नसकेको स्थानीय बासिन्दाहरुले वताएका छन ।

उद्धारका लागि सुरक्षाकर्मिहरु परीचालन गरिएको छ । तर मौसमको प्रतिकुलताले सम्बन्धीत क्षेत्रमा जान नसकिएको हाम्रा समाचादाता नेत्र पौडेलले जनाएका छन् । उद्धार र खोजिका लागि नेपाली सेना, ससस्त्र तथा नेपाल प्रहरी र स्थानीयबासीहरु पहिरो स्थल आसपास पुगेका छन् ।

तिम्बु बजारका घरहरु बगेका छन् भने चनौटे र मेलम्चि लगाएतका ठूला बजारका खोला आसपासका घरहरु २ तलामाथिसम्म नदि र लेदो पसेको छ । मेलम्ची र इन्द्रावतीबीको पक्कि पुल बगाएको छ जसले गर्दा आवागमन ठप्प भएको छ।।

यसैबीच स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरवहादुर तामाङ लगायत प्रमुख जिल्ला अधिकारीको टोली घटनास्थलको निरीक्षणका लागि पुगेको छ ।

यसैगरी सभामुख अग्निप्रसाद सापकोटा पनि त्यसतर्फ प्रस्थान गर्नु भएको हाम्रा सहकर्मी शिव पंगेनीले जनाएका छन् ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.