२४४२ जना संक्रमित थपिए

काठमाडौं– गत २४ घण्टामा २४४२ जना कोभिड– १९ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले दिनुभएको जानकारी अनुसार देशभर गरिएको पीसीआर तथा एन्टीजेन परीक्षणमा २४४२ जनामा संक्रमण पुष्टि भएको हो ।

गत २४ घण्टामा ३४५६ जना कोरोना संक्रमणबाट निको भएको मन्त्रालयले जनाएको छ ।

२४ घण्टामा नै ५१ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

नेपालमा हाल ५५५३२ जना सक्रिय संक्रमित रहेका छन् । ‘यो घट्दो दरमा छ,’ प्रवक्ता डा. पौडेलको भनाइ छ ।

काठमाडौं उपत्यकामा ५४८ जना संक्रमित थपिएका छन् । काठमाडौंमा ४५०, ललितपुरमा ५३ र भक्तपुरमा २५ जना संक्रमित थपिए ।

१० वटा जिल्लामा ५ सय भन्दा बढी सक्रिय संक्रमित छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.