प्रबासमा रहेका गोर्खालीद्वारा गोरखामा ७० लाखको स्वास्थ्य सामग्री बितरण

गोरखा- प्रबासमा रहेका गोर्खालीहरु आवद्ध संस्था ग्लोबल गोरखा समाजले गोरखा भित्रका स्थानीय तहका स्वास्थ्य संस्थामा ७० लाख रुपैयाँ बरावरको स्वास्थ्य सामग्री सहयोग गरेको छ।

सर्वसाधारण नागरिकले सहज रुपमा स्वास्थ्य सेवा पाउन् भन्ने उद्देश्यले ४० थान अक्सिजन कन्सनट्रेटर सहयोग गरिएको ग्लोबल गोरखा समाजका अध्यक्ष बिनय अधिकारीले बताउनुभयो ।

कोरोना संक्रमण रहिरहेकाले गाउँगाउँमा अक्सिजन अभावका कारण सर्वसाधारणलाई समस्या हुन सक्ने भएकाले अक्सिजन कन्सनट्रेटर बितरण गरेको उहाँले बताउनुभयो ।

कार्यक्रमका प्रमुख अथिति नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेले मंगलवार जिल्ला समन्वय समिति गोरखामा आयोजित एक कार्यक्रमका बिच स्थानीय तहलाई उक्त कन्सन्ट्रेटर हस्तान्तरण गर्नुभएको हो ।

भुकम्प, पहिलो चरणको कोभिड संक्रमण, दोस्रो चरण सबै दुःखका बेला ग्लोबल गोरखा समाजको समन्वयमा जिल्लाबासीलाई सहयोग मिलेकाले निरन्तर सामाजिक काममा लाग्न उनले अनुरोध गरे ।

जिल्ला समन्वय समितिका प्रमुख अशोक कुमार गुरुङले स्वास्थ्य सामग्रीले ग्रामिण भेगका नागरिकको उपचारमा सहज हुने बताउनुभयो ।

नगरप्रमुख राजनराज पन्तले कामको शिलशिलामा बिदेशमा रहेका गोर्खालीले दुःख परेका बेला गरेको सहयोगका सही उपभोग हुने र स्थानीय सरकारले त्यसको जिम्मा लिने बताउनुभयो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.