यूरोपबाट पहिलोपटक भित्रियो १२ अक्सिजन प्लान्ट

काठमाडौं– एजलिड इन्टरनेसनल प्रा.लि.ले यूरोपबाट पहिलोपटक १२ वटा अक्सिजन प्लान्ट आयात गरेको छ ।

सरकारी तथा निजी अस्पतालमा जडान गर्ने गरी राष्ट्रिय व्यवसायिक पहल (एनबीआई) र एसडीएस होल्डिङ्ससँगको सहकार्यमा एजलिड इन्टरनेसनल प्रा.लि.ले करिव १५ करोड रुपैयाँ यूरोपियन प्रविधिका १२ वटा अक्सिजन प्लान्ट आयात गरेको हो ।

हाल आयात गरिएका प्लान्ट काठमाडौंको जनमैत्री अस्पताल, टेकु अस्पताल, हेटौंडा अस्पताल, कीर्तिपुर अस्पताल, पोखरा सरुवा रोग नियन्त्रण अस्पताल र कन्काई अस्पतालमा जडान गरिनेछ । अक्सिजन आयातका लागि एनबीआईसँगै हेटौंडा उद्योग वाणिज्य संघ, पुरी फाउण्डेसन बेल्जियम र एनआरएनए बेल्जियमले समेत सहयोग गरेका छन् । आयात गरिएकामध्ये ६ वटा आवश्यकताअनुसार कुनै पनि अस्पताललाई बिक्री गर्न सकिने एजलिड इन्टरनेसनल प्रा.लि.का अध्यक्ष अर्जुनकुमार श्रेष्ठले जानकारी दिनुभयो । टर्कीको एटासाम कम्पनीबाट उत्पादित ‘अक्सिलाइफ’ ब्रान्डको अक्सिजन प्लान्ट अहिलेसम्म नेपालमा आएको भन्दा गुणस्तरीय रहेको कम्पनीको दाबी छ । ‘हालसम्म नेपालमा ९२ प्रतिशतमात्रै अक्सिजन मात्रा भएका प्लान्ट आयात हुँदै आएकोमा पहिलोपटक यूरोपबाट ९५ प्रतिशत मात्रा भएको प्लान्ट आयात भएको छ,’ अध्यक्ष श्रेष्ठले भन्नुभयो ।

हाल आयात गरिएका अक्सिजन प्लान्टबाट प्रतिदिन २५ सिलिण्डरदेखि १७६ सिलिण्डसम्म अक्सिजन उत्पादन हुन्छ । उत्पादित अक्सिजन ५० देखि २ सय ५० बेडको अस्पतालको माग सहजै धान्न सक्दछ ।

वैशाख तेस्रो सातादेखि औषधि तथा अस्पताल उपकरणमा चरम अभाव भएकाबेला पनि एजलिड इन्टरनेसनले अक्सिजन सिलिन्डर, भेन्टिलेटर, पल्स अक्सिमिटर लगायतको आपूर्ति तथा बजार व्यवस्थापन गरेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.