कोलम्बियाका राष्ट्रपति इभान ड्युक सवार हेलिकप्टरमा बन्दुकधारीको आक्रमण

कोलम्बियाका राष्ट्रपति इभान ड्युक सवार हेलिकप्टरमा बन्दुकधारीले आक्रमण गरेका छन् ।

बन्दुकधारीले प्रहार गरेको गोलीले हेलिकप्टरमा क्षति पुर्‍याएको भए पनि राष्ट्रपति इभान लगायत सो हेलिकप्टरमा सवार अन्य व्यक्ति सकुशल हुनुहुन्छ । राष्ट्रपति इभान रक्षामन्त्री, आन्तरिक मन्त्री र गभर्नरका साथ नोर्टी डी सन्तन्दर प्रान्तको क्योक्योता जाने क्रममा बन्दुक आक्रमण गरिएको हो ।

राष्ट्रपति ड्युकले आक्रमणको कडा शब्दमा निन्दा गर्नुका साथै आफू यस्ता हिंसा र आतंकवादी क्रियाकलापबाट नडराएको प्रतिक्रिया दिनुभएको छ । सुरक्षाकर्मीहरु घटना संलग्नहरुको खोजी गरिरहेका छन् । हेलिकप्टर अवतरण गर्नै लाग्दा कुनै चीज आएर इन्जिनमा ठोक्किएको जस्तो ठूलो आवाज आएको बताइएको छ । घटनाको हालसम्म कुनै पनि समूहले जिम्मेवारी लिएको छैन ।

घटना भएको क्षेत्रमा बामपन्थी राष्ट्रिय स्वतन्त्र सेनाको सक्रियता रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.