अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता भएसँगै पुनः गृहयुद्ध हुनसक्ने अमेरिकी चेतावनी

अफगानिस्तानबाट अमेरिका सेना फिर्ता भएसँगै मुलुक पुनः गृहयुद्धमा प्रवेश गर्न सक्ने अमेरिकी सेनाका उच्च कमाण्डरले बताउनु भएको छ ।

अफगानिस्तानबाट अघिल्लो महिनाबाट अमेरिकी सेना फिर्ता गर्ने कार्य शुरु भएसँगै हिंसात्मक घटनाहरु बढेका छन् । तालिवान विद्रोही समूहले धेरै क्षेत्रहरु कब्जा गरिसकेको समाचार छ ।

आगामी सेप्टेम्बर ११ सम्ममा सबै अमेरिकी सेना अफगानिस्तानबाट फिर्ता भइसक्ने अमेरिकी सेनाका जनरल स्कल मिलरले जानकारी दिनुभयो ।

तर त्यसपछि अफगानिस्तानको अवस्था झनै नाजुक हुने बताउँदै त्यहाँको नेतृत्व मुलुकलाई एकतावद्ध बनाउन असक्षम रहेको उहाँको भनाइ छ ।

३ सय ७० जिल्ला मध्ये ५० जिल्ला विद्रोहीको कब्जामा रहेका छन् । ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.