तातो हावाका कारण क्यानडामा ६० जनाको मृत्यु

क्यानडामा तातो हावासँगै बढेको तापक्रमका कारण कयौं मानिसको मृत्यु भएको छ ।

क्यानडाका दक्षिणी प्रशान्त क्षेत्र र उत्तर पश्चिम क्षेत्रमा निरन्तर रुपमा उच्च तापक्रम मापन गरिएको छ ।

क्यानडाको ब्रिटिस कोलम्बियामा गत सोमबारदेखि हालसम्म ६० जनाको अचानक मृत्यु भएको प्रहरीले जनाएको छ ।

सो क्षेत्रमा तातो हावासहितको अत्यधिक गर्मी भएपछि मानिसको मृत्यु भएको बताइएको छ ।

मृत्यु हुनेमा कयौं जेष्ठ नागरिक समेत रहेका छन् ।

क्यानडाका लिथोन, ब्रिटिस कोलम्बिया लगायतका क्षेत्रका तापक्रम बढेर ४७ दशमलब ९ डिग्री सेन्टिग्रेड पुगेको छ । यस अघि क्यानडामा तापक्रम ४५ डिग्री भन्दा माथि पुगेको थिएन ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.