१६ औं संस्करणको युरोकप फुटबलको क्‍वाटरफाइनल खेलहरु आजबाट सुरु हुँदै

पहिलो खेल स्विट्जरल्यान्ड र स्पेन तथा दोश्रो बेल्जियम र इटालीबीच हुने

१६ औं संस्करणको युरोकप फुटबलको क्‍वाटरफाइनल खेलहरु आजबाट सुरु हुँदैछन ।

युरोकप अन्तर्गत आज दुईवटा खेल हुनेछन् ।

क्‍वाटर फाइनलको पहिलो खेल रुसको सेन्ट पिटर्सवर्ग स्टेडियममा आज राति ९ बजेर ४५ मिनेटमा स्विट्जरल्यान्ड र स्पेनबीच हुँदैछ ।

स्वीजरल्याण्ड साविक उपविजेता फ्रान्सलाई हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

त्यस्तै तीन पटकको च्याम्पियन स्पेनले क्रोएसियालाई हराएर अन्तिम आठको यात्रा तय गरेको हो ।

यसैगरी दोस्रो खेल जर्मनीको एलिनाज स्टेडियममा राति १२ बजेर ४५ मिनेटमा बेल्जियम र इटालीबीच हुनेछ ।

फिफा वरीयताको शीर्ष स्थानमा रहेको बेल्जियमले साविक विजेता पोर्चुगललाई हराएर अन्तिम आठको यात्रा सुरक्षित गरेको हो ।

अष्ट्रियालाई हराएर क्वाटरफाइनलमा स्थान पक्का गरेको इटाली पनि यसपटक युरोकप जित्ने दाउमा छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.