जापानमा भारी वर्षा, बाढी र पहिरोले जनजीवन अस्तव्यस्त

जापान- मध्य जापानको सिजुको भन्ने स्थानमा शुक्रबार रातिदेखि परेको भारी वर्षा र त्यसपछि आएको बाढीमा परी २० जनाभन्दा बढी मानिस बेपत्ता भएका छन् ।

तटीय क्षेत्रमा दुई जनाको शव फेला परेको स्थानीय गभर्नरले बताएका छन् । बाढी र पहिरोका कारण कयौं घरहरु बगेका छन् भने कयौं घरहरु पुरिएका छन् ।

सिजुको अतामी शहरमा अविरल वर्षापछि आएको बाढीले १० ओटा घर बगाउँदा ती घरमा रहेका २० जना नागरिक हराएका हुन् । शनिबार बिहानदेखि हराएका उनीहरुको खोजी कार्य जारी छ ।

सो क्षेत्रमा केही दिन यतादेखि भारी मात्रामा वर्षा भइरहेको छ । वर्षाका कारण अन्य गाउँहरुमा पनि असर पुगेको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.