कोपामा अर्जेन्टिना सेमिफानलमा

ब्राजिलमा जारी कोपा अमेरिका फुटबलमा उपाधि दाबेदार अर्जेन्टिना सेमिफाइनलमा प्रवेश गरेको छ ।

आइतबार बिहान सम्पन्न खेलमा अर्जेन्टिनाले इक्वेडोरमाथि ३–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको हो । अर्जेन्टिनको जितमा रोड्रिगो पौल, लाउटारो मार्टिनेज र लियोनल मेसीले एक एक गोल गरेका थिए । मेस्सीले खेलमा दुई गोल असिष्ट गर्दा एक गोल थपे । अर्जेन्टिनालाई शुरुवाती अग्रता खेलको पहिलो हाफमा रोड्रिगो पौलले दिलाएका थिए ।

यसअघि कोलम्बियाले अर्का दावेदार उरुग्वेलाई पनोल्टी सुटआउटमा ४(२ गोलले हराउँदै अन्तिमा चारमा स्थान बनाएको थियो । यससँगै कोपाको सेमिफाइनल समीकरण पूरा भएको छ । अब फाइनल प्रवेशका लागि अर्जेन्टिना र कोलम्बियाबीच मगलबार इस्टाडीयो नास्नल रंगशालामा प्रतिस्पर्धा हुनेछ ।

दोस्रो सेमीफाइनलमा आयोजक ब्राजिल र पेरुबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.