फिलिपिन्समा सैनिक विमान दुर्घटना, २९ जनाको मृत्यु

मनिला– फिलिपिन्सको एउटा सैनिक विमान हवाइ मैदानमा अवतरण गर्नेक्रममा दुर्घटनाग्रस्त हुँदा कम्तीमा २९ जनाको मृत्यु भएको छ ।

१७ जनाको तत्कालै मृत्यु भएको र १० जनाको उपचारका क्रममा मृत्यु भएको हो । सैनिकहरु चढेको उक्त विमानमा सवारमध्ये करिब ४० जनालाई आगो बलिरहेको जहाजबाट उद्धार गरेर अस्पताल पठाइएको थियो । तीमध्ये १० जनाको पछि मृत्यु भएको हो ।

विमानमा ९२ जना सवार थिए । सुलु प्रान्तको जोलो द्वीपस्थित विमानस्थलमा अवतरण गर्नेक्रममा नजिकैको आवासीय क्षेत्रमा आज विमान दुर्घटनाग्रस्त भएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.