दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति ज्याकोब जुमाद्धारा आत्मसमर्पण

अदालतको अवहेलनामा दोषी ठहर गरिनुभएका दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति ज्याकोब जुमाले प्रहरी समक्ष आत्मसमर्पण गर्नुभएको छ ।

हिजो अबेर बाँकी जेल सजायँ पूरा गर्न पूर्व राष्ट्रपति जुमा घर नजिकै रहेको जेलमा आफैं जानुभएको बताइएको छ । ७९ वर्षीय पूर्व राष्ट्रपति जुमालाई प्रहरीले गिरफ्तार गर्ने तयारी गरिरहेका बेला उहाँ आफैं जेलमा उपस्थित हुनुभएको हो ।

अघिल्लो साता पूर्व राष्ट्रपति जुमालाई अदालतको अवहेलनामा १५ महिना जेल सजायँ तोकिएको थियो । गत आइतबार पूर्व राष्ट्रपति जुमा जेल जान अस्विकार गरेपछि बुधबारसम्मको समयसीमा तोकिएको थियो । तोकिएकै समयमा पूर्वराष्ट्रपति जुमाले प्रहरी समक्ष आफूलाई आत्मसमर्पण गर्नुभएको थियो ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.