विवाद समाधान गर्न गठित एमाले कार्यदलको बैठक आज साँझ पुन: बस्ने

काठमाडौं- पार्टीभित्रको आन्तरिक विवाद समाधान गर्न गठित नेकपा एमाले कार्यदलको सिंहदरबारमा बसेको बैठक भर्खर सम्पन्न भएको छ ।

कार्यदलको बैठक सकारात्मक दिशामा अघि बढेको एमाले विवाद समाधान कार्यदलका संयोजक सुवासचन्द नेम्वाङले जानकारी दिनुभएको छ ।

बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै नेम्वाङ्ले साँझसम्म ठोस टुंगोमा पुग्ने गरी पुनः बैठकमा बस्ने बताउनुभयाे ।

पछिल्लो समय एमाले कार्यदल सक्रिय भएपछि कार्यदलको बैठक निरन्तर बस्दै आएको छ ।

यसैबीच, हिजो साँझ प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीचमा प्रत्यक्ष भेटवार्ता भएको थियो ।

कार्यदलका नेताहरुसमेत सम्मिलत भेटवार्ता सकारात्मक भएको र आजसम्ममा छलफल टुंगो लगाउने कार्यदलका नेताहरुले विश्वास व्यक्त गर्नुभएको थियो ।

प्रधानमन्त्री ओली र नेता नेपालबीच हिजो साँझ भएको प्रत्यक्ष वार्तापछि आज कार्यदलको बैठक बसेको थियो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.