कोपा अमेरिका-२०२१ को उपाधि अर्जेन्टिनालाई

काठमाडौं- कोपा अमेरिका-२०२१ को उपाधि अर्जेन्टिनाले जितेको छ।  ब्राजिललाई पराजित गर्दै अर्जेन्टिनाले कोपा अमेरिका उपाधि चुमेको हो ।

रियो दि जेनेरियो स्थित माराकाना स्टेडियमा आज बिहान भएको खेलमा ब्राजिललाई १-० ले पराजित गर्दै अर्जेन्टिनाले २८ वर्षपछि कोपा उपाधि जितेको हो ।

खेलको २१ औँ मिनेटमा डि मारियाले गरेको गोल नै अर्जेन्टिनाका लागि उपाधि चुम्ने एक मात्र गोल बन्यो ।

आजको खेलमा विश्व चर्चित दुई खेलाडी मेसी र नेइमार दुई अलग टिमबाट खेलेकै कारण दर्शकहरुको खास चासो बढेको थियो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.