जनताको जीवन रक्षा सरकारको मुख्य प्राथमिकता : प्रधानमन्त्री ओली

काठमाडौँ- प्रधानमन्त्री के पी शर्मा ओलीले जनताको जीवन रक्षा सरकारको मुख्य प्राथमिकतामा रहेको बताउनुभएको छ ।

वीर अस्पतालस्थित कोभिड १९ युनिफाइड केन्द्रिय अस्पतालको नवनिर्मित भवनको उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री ओलीले कोभिड विरुद्धको लडाइमा जनताको जीवनलाइ प्राथमिकतामा राखेर काम गरिएको बताउनुभयो ।

स्वास्थ्य सुविधाको न्यनुतम उपलब्धताका बाबजुद महामारी नियन्त्रणमा धैरै हदसम्म सफल भएको भन्दै प्रधानमन्त्री ओलीले कोभिडलाइ पुर्ण रुपमा हराउन स्वास्थ्य सजगता पालना गर्न सबैमा आग्रह गर्नुभयो ।

थप खोप आपुर्तिका लागि अन्य देशहरुसँग संवाद र सम्झौता जारी राख्नेकाले खोपको आपुर्ति अब निरन्तर हुने भन्दै प्रधानमन्त्री ओलीले सबै नेपालीलाइ जतिसक्दो चाडो खोप उपलब्ध गराउने प्रतिबद्धता गर्नुभयो ।

प्रधानमन्त्री केपी शर्मा ओली काठमाडौँको महावौद्ध प्राङगणमा कोभिड १९ युनिफाईड सेन्ट्रल हस्पिटाल (वीर अस्पताल) को नवनिर्मित भवनको उदघाटन गर्दै: तस्वीर रासस

नवनिर्मित कोभिड अस्पतालबाट जनताले पुर्ण रुपमा सेवा पाउनेमा विश्वास व्यक्त गर्नुहुँदै प्रधानमन्त्री ओलीले अस्पतालको क्षमता वृद्धिका लागि सरकारले सहयोग गर्ने बताउनुभयो ।

कार्यक्रममा कोभिड १९ युनिफाइड केन्द्रिय अस्पतालको प्रमुख प्रशासकिय अधिकृत प्रा डा जागेश्वर गौतमले नयाँ भवनले कोभिड १९ विरुद्धको लडाइ जित्न सहज हुने विश्वास व्यक्त गर्नुभयो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.