‘प्रतिनिधि सभा नहुँदा राष्ट्रिय सभामा बजेट पेस गरौं’

काठमाडौं– राष्ट्रिय सभाको आजको बैठकको विशेष समयमा भाग लिदै राष्ट्रिय सभा सदस्यहरुले प्रतिनिधि सभा नभएको अवस्थामा सरकारको बजेट राष्ट्रिय सभामा पेस गर्नुपर्ने विचार व्यक्त गर्नुभएको छ ।

१३ लाख जेष्ठ नागरिकहरु दोश्रो चरणको खोपमा लागि प्रतीक्षा गरिरहेको र अग्रभागमा खटिने स्वास्थ्यकर्मीहरुले अहिले सम्म पनि जोखिम भत्ता नपाएको भन्दै राष्ट्रिय सभा सदस्यहरुले सरकारको ध्यानाकर्षण गराउनुभयो। बाढी प्रकोप नियन्त्रणका लागि सरकारको ध्यान जान जरुरी रहेको उहाँहरुले बताउनुभयो । तेश्रो चरणको कोरोना कहर आउन सक्ने प्रक्षेपणहरु भइरहेको भन्दै त्यसको पूर्व तयारी तत्काल सुरु गर्न राष्ट्रिय सभा सदस्यहरुले सरकारको ध्यानाकर्षण गराउनु भयो।

नेकपा एमालेका नेता तथा राष्ट्रिय सभा सदस्य वामदेव गौतमले संविधान संशोधन गरेर राष्ट्रिय सभा सदस्य प्रधानमन्त्री बन्न पाउने व्यवस्था राख्नुपर्ने बताउनुभयो ।

राष्ट्रिय सभाको बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य गौतमले प्रतिनिधि सभा र राष्ट्रिय सभा वीचको विभेद हटाउनका लागि संविधान संशोधन गरेर भएपनि राष्ट्रिय सभा सदस्यलाई प्रधानमन्त्री बनाउन सकिने व्यवस्था राख्नुपर्ने बताउनुभएको हो ।

राष्ट्रिय सभाको आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट कानून न्याय तथा संसदीय व्यवस्था मन्त्री लिलानाथ श्रेष्ठले महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन २०६६/२०६७ पेस गर्नु भयो। राष्ट्रिय सभाको अर्को बैठक भोलि दिउँसो १ बजे बस्ने छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.