इराकमा कोरोना अस्पतालमा आगलागी हुँदा ६० जनाको मृत्यु

इराकको एक कोरोना संक्रमितहरुको उपचार गर्ने एक अस्पतालमा आगलागी हुँदा कम्तीमा ६० जनाको मृत्यु भएको छ ।

१६ जनाको सकुशल उद्धार गरीएको छ। दक्षिण इराकको नसिरियास्थित अल हुसेन अस्पतालमा सो दुर्घटना भएको हो । आगलागीको कारण स्पष्ट नभए पनि अक्सिजन ट्याङ्की पड्किएर आगलागी भएको प्रारम्भिक अनुसन्धानवाट देखाएको छ ।

अस्पतालको प्रमुखलाई पक्राउ गरि छानविन थालिएको छ।आगलागी पछी विरामीहरुको आफन्तहरुले गरेको प्रर्दशनमा प्रहरी प्रदर्शनकारी बीच झडप समेत भएको छ । अस्पतालको नयाँ वार्डमा ७० शय्या भएको र त्यो तीन महिनाअघि मात्रै निर्माण गरिएको त्यहाँका अधिकारीहरुले बताएका छन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.