चीनको हेनान प्रान्तमा भीषण बाढी, १२ जनाको मृत्यु, कयौं मानिस विस्थापित

मध्य चीनमा भारी वर्षापछि आएको भीषण बाढीले कयौं मानिसहरु विस्थापित भएका छन् । प्रभावित क्षेत्रका सडक, स्टेसन र बस्तीहरु जलमग्न भएका छन् ।

अहिलेसम्मकै भारी वर्षा भएपछि चीनको हेनान प्रान्तका १० हजारभन्दा बढी सर्वसाधारणलाई सुरक्षित स्थानमा सारिएको छ । बाढीका कारण जिन्जाओ शहरमा १२ जनाको मृत्यु भएको अधिकारीहरुले पुष्टि गरेका छन् ।

बाढीकै कारण एक दर्जनभन्दा बढी शहरहरु प्रभावित भएका छन् । प्रभावित क्षेत्रका मुख्य सडकहरु र हवाई सेवा समेत बन्द भएको छ । हेनान प्रान्त ९ करोड ४० लाख चीनियाको बसोबास भएको क्षेत्र हो ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.