प्रधानमन्त्री देउवालाई भेट्न विप्लव टोली बालुवाटार, तीन बुँदे सहमति कार्यान्वयन गर्न ध्यानाकर्षण

काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले भेटवार्ता गर्नुभएको छ।

प्रधानमन्त्री निवास वालुवाटारमा भएको भेटमा गृहमन्त्री बालकृष्ण खाँण पनि उपस्थित हुनुभएङ्को थियो । यसैगरी विप्लवसहित पार्टीका नेताहरू खड्गबहादुर विश्वकर्मा र धर्मेन्द बास्तोला सहभागी हुनुभएको थियो ।

शान्ति प्रक्रियामा आएसँगै अघिल्लो सरकारसँग भएको तीन बुँदे सम्झौता कार्यान्वयनका लागि नेता विप्लवले प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.