भारतमा कोरोनाभन्दा ब्ल्याक फङ्गस भाइरसको महामारी फैलियो, चार हजारभन्दा बढीको मृत्यु

नयाँ दिल्ली– भारतमा ब्ल्याक फङ्गस भाइरसका कारण ४ हजार ३ सय भन्दा बढीको मृत्यु भइसकेको छ ।

हालसम्म यसको संक्रमण भएकाहरु ४५ हजार ३७४ जनाको तथ्याङ्क संकलन भएको भारतीय स्वास्थ्य अधिकारीहरुले बताएका छन् । कोरोना पछिको अर्को खतरनाक महामारी बनिरहेको ब्ल्याक फङ्गस संक्रमणबाट मृत्युहुनेहरुको यो संख्या महामारीजन्य रोगबाट मृत्यु हुनेको अर्को दुःखद किर्तिमान भएको भारतीय अधिकारीहरुलाई उदृत गर्दै विविसीले उल्लेख गरेको छ ।

मुकोरमाइकोसिस भनिने यो संक्रमणको असर कोरोना संक्रमण भएकाहरुको आँखा, नाक र केहिमा दिमागमा समेत हुने गरेको पाइएको छ । एक किसिमको कालो ढुसी जस्तो देखिने यो संक्रमण रोग प्रतिरक्षात्मक क्षमता कम भएकाहरुमा हावी हुने चिकित्सकहरुले बताएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.