बनेपा-पनौती सडक समयमै मर्मत नहुँदा यात्रुलाई सास्ती (फोटो फिचर)

काभ्रे- समयमै मर्मत नहुँदा बनेपा-पनौती सडकमा यात्रुले दैनिक सास्ती खेप्ने गरेका छन् । बर्षाका जमेको पानी, हिलो र घाम लाग्दा धुलोको कारण सास्ती खेप्नुपरेको हो ।

६ किलोमिटर दुरीको सडक पार गर्न अहिले १ घण्टा बढी लाग्छ । बाटो निर्माणका लागि करिब १० करोड विनियोजन भएको भएपनि व्यवसायीले विभिन्न बहाना बनाइ समयमा नै काम नगर्दा बिजोग भएको हो । सडकमा अहिले पानीको ताल र साना सवारी साधन गाडिने खाल्डा बनेको छ ।

निर्माण व्यवसायीले वास्ता नगरेको र स्थानीयले सास्ती खेप्नु परेको भन्दै नगरपालिकाले १ सय टिपर गाभ्रेल हालेको बताएपनि स्थानीयहरुले माटो धेरै भएको कारण झन् हिलो भएको बताउँछन् । नगरप्रमुख भीम न्यौपाने बर्षाभर केही गर्न नसकिने भन्दै भदौबाट कालोपत्रे गर्न शुरु गर्ने बताउनुहुन्छ ।

सडकमा दैनिक १ हजार नीजि सवारी साधन, १ सय भन्दा बढी सार्वजनिक यातायात र १ हजार भन्दा बढी टिपर चल्ने गरेका छन् । क्षमता भन्दा बढी सामान बोकेर आउने टिपरका कारण सडक थप नाजुक बन्दै गएको स्थानीयको गुनासो छ ।-

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.