रावलद्वारा सांसद पदबाट दिएको राजीनामा फिर्ता

काठमाडौं– नेकपा एमालेका उपाध्यक्ष भीम रावलले सांसद पदबाट दिएको राजीनामा फिर्ता लिनुभएको छ ।

रावलले संसद् सचिवालयबाट समेत आज राजीनामा फिर्ता लिनुभएको थियो । एमाले विवादका कारण रावलले गत आइतबार प्रतिनिधिसभा बैठक बस्नुअघि सांसद पदबाट राजीनामा दिनुभएको थियो ।

रावललाई राजीनामा फिर्ता लिन अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालले आग्रह गर्नुभएको थियो ।

सुदूरपश्चिम प्रदेशका सांसदहरुले पनि राजीनामा फिर्ता लिन रावललाई दबाब दिएका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.