स्वास्थ्य मन्त्रालयको जिम्मेवारी उमेश श्रेष्ठलाई

काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले सांसद उमेश श्रेष्ठलाई स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा नियुक्त गर्नुभएको छ ।
प्रधानमन्त्री देउवाले श्रेष्ठलाई राज्य मन्त्री नियुक्त गरी मन्त्रालयको कार्यभार सम्हाल्ने गरी तोक्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ । कोरोना महामारीसँग जुध्नुपर्ने बेलामा स्वास्थ्य मन्त्रालय नेतृत्वविहीन भएको भन्दै मन्त्री पठाउन प्रधानमन्त्रीमाथि दबाब थियो ।
सत्तारुढ नेपाली कांग्रेसका समानुपातिक सांसद श्रेष्ठ शैक्षिक पृष्ठभूमिका हुनुहुन्छ । उहाँ निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)का पूर्वअध्यक्ष हुनुहुन्छ ।
स्वास्थ्य राज्यमन्त्री थपिएसँगै मन्त्रिपरिषद् ६ सदस्यीय भएको छ ।







प्रतिक्रिया राख्नुहोस्