२४ घण्टामा २२३७ संक्रमित थपिए, १८ जनाको मृत्यु

काठमाडौं– नेपालमा गत २४ घण्टामा २२३७ जना कोरोना संक्रमित थपिएका छन् ।

देशभर १३८३४ जनामा गरिएको पीसीआर र एन्टीजेन परीक्षणमा २२३७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

२४ घण्टामा २०५० जना निको भएका छन् भने १८ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार नेपालमा निको भएको दर ९४.८ प्रतिशत रहेको छ । हालसम्म नेपालमा ९७१३ जनाको मृत्यु भएको छ ।

नेपालमा कोभिडविरुद्धको पहिलो मात्रा खोप लगाउनेको संख्या ३३ लाख ८३ हजार ३८ जना रहेको छ भने पूर्णमात्रा लगाउनेको संख्या १३ लाख ९८ हजार १ सय ७८ जना रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.