एमालेका १४ सांसद कारबाहीमा (सूचीसहित)

काठमाडौं– नेकपा एमालेले पार्टी वरिष्ठ नेता माधवकुमार नेपालसहित १४ सांसदलाई पदमुक्त गर्ने निर्णय गरेको छ ।
गत वैशाख २८ गते पार्टीको प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिदा अनुपस्थित हुने काम गरेको भन्दै उहाँहरुलाई पार्टी संसदीय दलको बैठकले पदमुक्त गर्ने निर्णय गरेको हो । निर्णयको जानकारी संघीय संसद् सचिवालय र निर्वाचन आयोगमा जानकारी गराइएको एमालेको पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो ।
पदमुक्तको कारवाहीमा पर्नेहरुमा बरिष्ठ नेता माधव कुमार नेपालसहित विरोध खतिवडा, रामकुमारी झाँक्री, मुकुन्द न्यौपाने, लगायतका रहनु भएको छ । यसै गरी नेकपा एमाले केन्द्रीय कार्यालयले नेकपा एमालेले केन्द्रीय कमिटीको विवरण अध्यावधिक गर्न २६० सदस्यीय केन्द्रीय कमिटीको सूची आयोगमा पठाएको समेत कार्यालय सचिव तामङले जानाकारी दिनुभयो ।






प्रतिक्रिया राख्नुहोस्