एमाले अध्यक्ष र सांसदहरुले सभामुखलाई धम्क्याएको भन्दै सत्ता साझेदार दलहरुको आपत्ती

काठमाडौँ- सत्ता गठबन्धन दलहरुले संबैधानिक मर्यादाको अबलम्बन गर्न प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरुलाई आग्रह गरेका छन ।

यही भाद्र ३ र ४ गते संघीय संसद सचिवालयस्थित सभामुखको कार्यकक्षमा नेकपा एमालेका सांसदहरुले सभामुखलाई लक्षित गरी दिइएको अभिव्यक्ति संसदीय मान्यता विपरित भएको गठबन्धन दलको ठहर छ ।

सत्ता साझेदार दलहरु नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी नेपाल, राष्ट्रिय जनमोर्चा र माधबकुमार नेपाल समूहले आज संयुक्त विज्ञप्ती प्रकाशित गरी एमालेका सांसदहरुको सभामुखलाई ‘बल’ प्रयोग गर्ने सम्मको धम्की र एमाले अध्यक्ष केपी शर्मा ओलीले दिनुभएको अभिव्यक्तिप्रति ध्यानाकर्षण भएको जनाएका छन ।

विज्ञप्तीमा एमालेका अध्यक्ष ओली र सांसदहरुको भनाइ लोकतान्त्रिक प्रणालीको विरुद्द भएको उल्लेख गरिएको छ।

एमाले अध्यक्ष ओलीले माधव नेपाल पक्षीय  १४ सांसदहरुलाई कारवाही गर्न ढिलाइ गरेको प्रति आक्रोश पोख्नुहुँदै “सभामुखलाई संसद चलाउनु छैन ?” भन्ने प्रश्न गर्नुभएको थियो ।

ओलीको यो भनाइप्रति विरोध जनाउँदै सत्ता साझेदार दलहरु नेपाली काँग्रेसको तर्फबाट सचेतक पुष्पा भुषाल, नेकपा माओवादी केन्द्रका तर्फबाट प्रमुख सचेतक देवप्रसाद गुरुङ, जसपाका तर्फबाट सांसद प्रदिप यादव, राष्ट्रिय जनमोर्चाको तर्फबाट दलकी नेता दुर्गा पौडेल र माधवकुमार नेपाल पक्षीय सांसदहरुको तर्फबाट जीवनराम श्रेष्ठले हस्ताक्षर गर्नुभएको छ ।।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.