जर्मनीमा आज संसदीय निर्वाचन, वर्तमान चान्सलर मर्केलको राजनीतिक यात्रा अन्त्य हुँदै

आज जर्मनीमा संसदीय निर्वाचन हुँदैछ । २० वर्ष शक्तिशाली चान्सलरका रुपमा जर्मनीको शासन शत्तामा रहनु भएकी एंगेला मर्केलको औपचारिक विदाइ समेत हुनेछ ।

जर्मनीका सडक र गल्लीहरु निर्वाचनमय भएका छन् । आफ्नो पक्षमा मतदातालाई प्रभावित पार्न उम्मेद्वारहरु निर्वाचनको अन्तिम समयसम्म पनि सक्रिय रहेका छन् ।

लामो समय शासन सत्तामा रहनु भएकी चान्सलर कर्केलले निर्वाचनमा कसको पक्षमा समर्थन गर्ने भन्ने विषयमा पनि महत्वपूर्ण बनेको छ ।

अन्ततः मर्केलले कन्जरभेटिभ उम्मेद्वार अर्मिन ल्यासचेटको र्‍यालीमा सहभागी भएर आफ्नो समर्थन देखाउनु भएको छ । चान्सलरका लागि तीन जना उम्मेद्वार प्रतिस्पर्धामा रहेका छन् ।

निर्वाचनमा सोसियल डेमोक्र्याटिक पार्टीका ओल्फ स्कोल्ड र कन्जरभेटिभ पार्टीका अर्मिन ल्यासचेट बीच मुख्य प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । जर्मनीमा १८ वर्ष माथिका ६ करोड मतदाता निर्वाचनमा सहभागी हुँदैछन् । निर्वाचन स्थानीय समय अनुसार आइतबार साझ ६ बजे सकिनेछ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.