मोतीशोभाका चार लघुउपन्यास सार्वजनिक

प्रा.डा. सविना श्रेष्ठको एकल चित्र प्रदर्शनी "भाइब्रेसन्स्" सुरु

काठमाडौं– साहित्यकार मोती शोभा श्रेष्ठका चार लघुउपन्यास सार्वजनिक भएका छन् ।

काठमाडौंमा शनिबार भएको कार्यक्रममा पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले ‘प्रकृति’, ‘सम्झनाको डायरी’, ‘सत्य र आमा’, तथा ‘आँसु’ लघु उपन्यास लोकार्पण गर्नुभएको हो । साहित्यका श्रेष्ठका अनुसार प्रकृतिमा प्रकृतिको वर्णन गरिएको छ भने सम्झनाको डायरी रोगग्रस्त महिलाको हिम्मतलाई राखिएको छ । सत्य र आमामा घरेलु हिंसामा परेका महिलाका सफलता र आँसुमा ताप्लेजुङको घुन्साकी एक महिलाको आत्मविश्वासलाई प्रस्तुत गरिएको छ ।

कार्यक्रममा पूर्वमन्त्री एवं साहित्यकार शंकर कोइराला, कालीप्रसाद रिजाल, यादव खरेल, ध्रुव मधिकर्मीलगायतले पुस्तकमाथि आफ्नो विचार व्यक्त गर्नुभएको थियो ।

साहित्यकार मोती शोभा पूर्व सहसचिव हुनुहुन्छ ।

लकडाउनका समयमा घरभित्रै एकान्तवासमा बिताउनुपरेका बेला समय कटाउन लेखिएका पुस्तकलाई पुस्तकाकार दिइएको श्रेष्ठले बताउनुभयो ।

कला प्रदर्शनी पनि
यसैबीच प्रा.डा. सविना श्रेष्ठको एकल चित्र प्रदर्शनी “भाइब्रेसन्स्” बबरमहलस्थित आर्ट काउन्सिलमा सुरु भएको छ । वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशीले उदघाटन गर्नुभएको प्रदर्शनी सोमबार सम्म चल्नेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.