जर्मनीमा सोशियल डेमोक्रेट्स पार्टी एसपीडी ठूलो दल

जर्मनीमा १६ बर्षसम्म चान्सलर रहनुभएकी एन्जेला मर्केलको राजनीतिक दलले त्यहाँको संघीय निर्वाचनमा पराजय ब्यहोरेको छ ।

निर्वाचनमा सेन्टर लेफ्ट सोशियल डेमोक्रेट्स पार्टी एसपीडीले २५.७ प्रतिशत मत पाएको छ भने मर्केलको दलले २४.१ प्रतिशत मत पाएको छ ।

झिनो मतान्तरले विजयी भएपनि एसपीडीले बहुमत नपाएका कारण गठबन्धनको सरकार बन्ने भएको छ ।

तेस्रो स्थानमा रहेको ग्रीन पार्टीले हालसम्मकै सबैभन्दा बढी १४.८ प्रतिशत मत पाएको छ ।

एसपीडीका नेता ओलाफ स्कोल्जले जनताले आफ्नो दललाई शासन गर्नका लागि मत दिएको बताउनुभयो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.