काबुलको मस्जिद बाहिर विष्फोट केहीको मृत्यु, थुप्रै घाइते

अफगानिस्तानको राजधानी काबुलको एउटा ठूलो मस्जिद बाहिर भीडको बीचमा भएको विष्फोटमा कैयौँ नागरिक मारिए वा घाइतेमात्र भएका छन् यकिन हुन नसकेको तालिबान प्रवक्ताले बताएका छन् ।

ईदगाह ग्रेट मस्जिदको गेट नजिकै भएको विष्फोटनमा आम नागरिकको मृत्यु भएको तालिबानका प्रवक्ता जबीहुल्लाह मुजाले ट्विटरमा लेखेका छन् ।

उनका अनुसार तालिबान नेताको मृत परिवारको सदस्यका लागि प्रार्थना समारोह चलिरहेको बेला उक्त विष्फोट भएको थियो । अहिले तालिबान सुरक्षा बलले सतर्कता अपनाउनका लागि उक्त क्षेत्रलाई घेराबन्दी गरेको छ ।

घाइतेहरूलाई एम्बुलेन्स र अन्य सवारी साधनबाट नजिकैको अस्पतालमा पुर्‍याइएको छ । अहिलेसम्म कुनै समूहले आक्रमणको जिम्मेवारी भने लिएको छैन ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.