आजदेखि खुले सरकारी कार्यालय, काठमाडौंमा चहलपहल

काठमाडौं– दसैंमा बन्द रहेका सरकारी कार्यालय आजदेखि सुचारु भएका छन् ।

दसैंको बिदा सकिएसँगै सरकारी कार्यालयहरु खुलेका हुन् । दसैंका अवसरमा फुलपातिदेखि हिजो एकादशीसम्म ५ दिन सार्वजनिक बिदा थियो । दशैं बिदा सकिएसँगै विभिन्न जिल्लाबाट कर्मथलो संघीय राजधानी काठमाडौं फर्कनेहरुको संख्या बढेको छ । दसैंमा सुनसान बनेको काठमाडौं उपत्यका बिदाको अन्त्यसँगै पुनः लयमा फर्किदै छ ।

दसैंको तेस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट टिका जमरासहित आशिर्वाद लिने क्रम जारी रहने छ । टीकाका दिन आफन्त तथा मान्यजनबाट टीका लगाउन नभ्याएकाहरुले कोजाग्रत पूर्णिमाका दिनसम्म टीका थाप्ने प्रचलन छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.